भारतको उत्तरी पहाडी राज्य हिमाञ्चल प्रदेशमा वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या ५० पुगेको छ । राज्यका मुख्यमन्त्री सुखविन्दर सिंह सुखुले सोमबार जनाएअनुसार वर्षा प्रभावित क्षेत्रमा अझै कैयौँ व्यक्ति फसेको र मृतकको सङ्ख्या अझै बढ्न सक्ने देखिन्छ ।
राज्यका विभिन्न भागमा अविरल वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमानका कारण राज्य सरकारले सबै विद्यालय, कलेज र अन्य शैक्षिक संस्थाहरू बन्द गर्न आदेश दिएको छ ।
भारतीय मौसम विज्ञान विभाग (आईएमडी) ले राज्यमा मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको जनाएको छ । राज्य आपत्कालीन सञ्चालन केन्द्रका अनुसार राज्यमा सात सय ५२ सडक बन्द गरिएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।