टिकटकमा नयाँ फिचर, अब कमेन्टहरु फिल्टर हुने

एजेन्सी– पछिल्लो समय सबैभन्दा चर्चामा रहेको सामाजिक सन्जाल हो, टिकटक । नेपालबाट पनि टिकटकमा दैनिक हजारौँ भिडियोहरु अपलोड भइरहेका छन् । सबैभन्दा कान्छो विश्वमा तहल्का मच्चाइरहेको यो सामाजिक सन्जालले चाहिँ अब नयाँ फिचर थपेको छ । अब टिकटकमा आउने कमेन्ट्सहरु फिल्टर गर्न सकिने भएको हो । 

टिकटकले यो सुरक्षा फिचरलाई नाम दिएको छ– फिल्टर कमेन्ट्स । अब टिकटकमा भिडियो अपलोड गर्नेहरुले कस्ता शब्द भएका कमेन्टहरु ब्लक गर्ने भन्ने पहिले नै सेटिङबाट छान्न पाउँछन् । उनीहरुले हिन्दी, अंग्रेजी तीस वटा शब्दलाई पहिले नै ब्लक लिस्टमा राख्न पाउँछन् । टिकटकको स्वामित्व भएको कम्पनी बाइट डान्सले यो इन्टरनेट सुरक्षित हुनु पर्ने आधार बनाएर यो भिडियो ल्याएको हो । उसले यो अभियान ४ फ्रेबुअरीदेखि नै चलाउँदै आएको छ ।





  • प्रकाशित मिति : फागुन २७, २०७५ साेमबार १६:२४:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया