फेरि सँगै देखिए मलाइका र अर्जुन, सबैजना हेरेको हेरै भए

एजेन्सी– बलिउडमा अफेयरको विषयमा पछिल्लो समय सबैभन्दा धेरै चर्चामा आएका छन्, अर्जुन कपुर र मलाइका अरोडा । यी दुई आजभोलि जुन कार्यक्रममा पनि सँगै जान्छन् । 

यसपटक यी दुईलाई भारतीय पापारार्जीहरुले बान्द्रामा सँगै देखेका छन् । अनि त उनीहरुको फोटो भाइरल हुने नै भयो । मलाइका र अर्जुन क्याजुएल ड्रेसमा सँगै देखिँदा सबैजना अचम्ममा परेको समाचार भारतीय मिडियामा छापिएको छ । 

केही समयअघि यी दुई मुकेश अम्बानीका छोरा आकाश अम्बानी र श्लोका मेहताको विवाहमा पनि सँगै देखिएका थिए । त्यति बेला देखि यी दुईले अर्को महिना विवाह गर्ने भन्ने विषयमा चर्चा अत्यधिक चलेको छ ।





  • प्रकाशित मिति : फागुन २७, २०७५ साेमबार १७:२३:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया