logo-img

सरकार युवा उद्यमशीलतालाई प्रोत्साहन गर्न प्रतिवद्ध छ : अर्थमन्त्री महत

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

अर्थ मन्त्री प्रकाश शरण महतले सरकारले हर तरहबाट युवा उद्यमशीलतालाई प्रोत्साहन गर्ने बताएका छन् । बुधबार राष्ट्र निर्माण मञ्च नेपाल र उद्यमशील युवा सृजनशील युवा राष्ट्रिय अभियानले आयोजना गरेको उद्यमशील युवा सृजनशील युवा विषयक कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री महतले युवाहरूलाई देशमै रोक्नका लागि सरकारले युवा उद्यमशीलतालाई प्रोत्साहन गर्ने बताएका हुन् । 

उनले भने,‘सरकार हर किसिमबाट युवा उद्यमशीलतालाई प्रोत्साहन गर्न चाहन्छ । जसले गर्दा यहाँ केही हुन थाल्यो भन्ने भएपछि विदेश गएका युवाहरूपनि देशमा अवसर देखेर आफै आउँछन् ।’ 

देशमा नै उत्पादित बस्तुमा कम कर र उद्यमशील गर्न चाहने युवाहरूलाई अनुदान र सस्तो ऋण दिने योजना सरकारको रहेको उनको भनाइ छ । उनले भने, ‘सरकारले जसले देशमै लगानी गर्छ र स्वदेशमा उत्पादन गर्छ त्यसलाई हामीले कर कम लगाउँछौँ । साथै अनुदान र सस्तो ऋण गर्छौं उद्यमशील गर्न चाहने युवाहरूलाई हामीले सर्पोट गर्ने हाम्रो योजना छ ।’

मन्त्री महतले उद्यमशीलताको नेतृत्व युवाहरूले गर्नुपर्छ भनेता पनि उद्यमशीलताप्रति उत्प्रेरणा गर्ने कुरा जटिल रहेको टिप्पणी गरे । उनले अहिले कृषि भनेको परम्परागत हो यहाँ धेरै अवसर छैन भन्ने मात्र सोच भएता पनि विदेश गएर सीप र क्षमता लिएर आउनेहरूको लागि कृषि क्षेत्र अत्यन्त ठूलो अवसर हुने गरेको बताए । 





  • प्रकाशित मिति : साउन ३१, २०८० बुधबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया