लक्की मिडिया हाउस चितवनको आयोजनामा यही असोज पहिलो साता फिल्मी अवार्ड हुने भएको छ । ‘लक्की फिल्मी अवार्ड २०८०’का नामबाट मिडिया हाउसले चितवनमा फिल्मी अवार्डको कार्यक्रम सञ्चालन गर्न लागेको हो ।
मोफसलमा रहेर पनि नेपाली सिनेजगतको संरक्षण र जगेर्ना गर्नका लागि अवार्ड कार्यक्रम आयोजना गरिएको हो । हाउसका महाप्रबन्धक हरि कार्कीले बुधबार चितवनमा पत्रकारसँग कुराकानी गर्दै अवार्डको तयारी तीव्र पारिएको जानकारी दिए ।
अवार्डको कार्यक्रममा २४ विधामा कलाकारलाई सम्मान गर्ने जानकारी कार्कीले दिए । । उनले भने,‘असोज पहिलो सातामा कार्यक्रम गर्ने तयारीमा जुटेका छौँ । कलाकारसँग बसेर छिट्टै मिति घोषणा हुन्छ ।’
चितवनमा पहिलोपटक आयोजना गर्न लागिएको अवार्डका लागि आयोजकले प्रचार–प्रसार र अन्तरक्रिया कार्यक्रमलाई तीव्र बनाएको छ ।
विभिन्न जिल्लामा गएर अवार्डमा सहभागी हुनका लागि निमन्त्रणा दिने, अन्तरक्रिया गर्ने र भेटघाटका कार्यक्रम अघि बढिरहेको कार्कीले जानकारी दिए । उनले भने,‘अहिले नोमिनेसको काम तीव्र बनाएका छौँ, ‘चलचित्र उद्योगको प्रवर्द्धन र प्रोत्साहन, कलाकारलाई हौसला र सम्मान’ भन्ने मूल नाराका साथ कार्यक्रमको आयोजना गरिनेछ ।’
०७१ सालमा चितवनमा स्थापना गरिएको लक्की मिडिया हाउसले मोफसलमा रहेर नेपाली सिनेमाबजारको प्रचार र यसकोे प्रवर्द्धनका लागि विभिन्न कार्यक्रम गर्दै आएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।