मच्छिन्द्र फुटबल क्लब एएफसी कपको छनोट चरणबाटै बाहिरिएको छ । मोहन बगानसँग कमजोर ३–१ को हार ब्यहोर्दै मच्छिन्द्र एएफसी कपको छनोट चरणबाटै बाहिरिएको हो ।
मच्छिन्द्रले गत साता काठमाडौंस्थित दशरथ रंगशालामा भएको पहिलो खेलमा भुटानको पारो एफसीलाई ३–२ गोलले हराई मोहन बगानसँगको भेट पक्का गरेको थियो ।
भारतको कोलकातास्थित साल्टलेक रंगशालामा आज साँझ भएको दोस्रो प्लेअफमा भारतको मोहन बगान सुपर जायन्टसँग पराजित भएको हो ।
मोहन बगानका लागि अनवर अलीले दुई तथा सेसन कमिग्सले एक गोल गरे । मच्छिन्द्रको तर्फबाट मेसुके ओलोमोउले गोल फर्काए ।
खेलको पूरै अवधिभर सबै क्षेत्रमा मच्छिन्द्र कमजोर देखिएको थियो । गोलरक्षक विशाल श्रेष्ठले केही उत्कृष्ट बचाउ गरे पनि मछिन्द्र ३–१ ले स्तब्ध बन्यो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।