logo-img

आगामी दिन विद्युत् प्राधिकरणको लागि थप चुनौतीपूर्ण छ : कुलमान घिसिङ

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आगामी दिन प्राधिकरणका लागि थप चुनौतीपूर्ण रहेको बताएका छन् । शुक्रबार काठमाडौंमा आयोजित नेपाल विद्युत् प्राधिकरणको ३८औं वार्षिकोत्सव समारोहमा कार्यकारी निर्देशक घिसिङले विद्युत् व्यवस्थापन र गुणस्तर वृद्धि प्राधिकरणका लागि चुनौती बन्ने बताए । 

उनले भने,‘आगामी दिन प्राधिकरणको लागि थप चुनौतीपूर्ण छ, अहिलेसम्म प्राप्त उपलब्धिलाई संस्थागत गर्न,विद्युत् व्यवस्थापन गर्न,विद्युत् आपूर्तिको निम्ति गुणस्तर वृद्धि गर्नु प्राधिकरणको मुख्य चुनौती हुन् । ’ 



कार्यकारी निर्देशक घिसिङले आगामी १० वर्षको अवधिलाई देश विकासको घोषणा गर्न आवश्यक रहेको पनि बताए । उनले भने, ‘आगामी १० वर्षलाई देश विकास दशक घोषणा गरी वर्तमान ऐन कानुन संशोधन गरेर व्यापक र प्रतिस्थापन गर्नु पर्ने टड्कारो आवश्यकता देखिन्छ । वन क्षेत्रको जग्गा उपभोगलाई सहज बनाउन चालु आर्थिक वर्षको बजेटमार्फत केही कार्यक्रमहरू त घोषणा गरिएका छन् तर त्यसको कार्यान्वयनमा तर्फ जटिलता देखिन्छ ।’ 

सूचना प्रविधि तथा नीति तयार गरी संस्थाको सेवालाई अझै आधुनिकीकरण तथा स्वचालित गर्न आवश्यक भएको कार्यकारी निर्देशक घिसिङको भनाइ छ । प्राधिकरणले प्रदान गर्ने सेवामा प्रभावकारिता ल्याउने र प्रणालीलाई स्वचालित रूपमा सञ्चालन गर्ने कार्यलाई उच्च प्राथमिकता दिइने उनको भनाई छ । 





  • प्रकाशित मिति : भदौ १, २०८० शुक्रबार १२:२८:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया