फोन हरायो ? यसरी पत्ता लगाउनुस् लोकेसन, रोक्नुस् डाटा मिसयुज

स्मार्टफोन हराउँदा सबैभन्दा ठूलो खतरा आफ्नो डाटा अरुले दुरुपयोग गरिदेला भन्ने हुन्छ । केही सेटिङ मिलाएर तपाईं आफ्नो हराएको वा चोरी भएको स्मार्ट फोनको लोकेसन ट्र्याक गर्न सक्नुहुन्छ, र यसका सबै डाटा मेटाउन पनि सक्नुहुन्छ ।

एन्ड्रोइडमा एक बिल्ट इन ट्र्याकिङ फिचर हुन्छ । यसलाई प्रयोग गरेर तपाईं आफ्नो फोनको लोकेसन पत्ता लगाउन सक्नुहुन्छ । 

यसका लागि google.com/android/devicemanager मा जानुहोस् र आफ्नो गुगल एकाउन्ट लगइन गर्नुहाेस् । तपाईं जुन गुगल एकाउन्ट लगइन गर्नुहुन्छ, त्यो एकाउन्टसँग जोडिएका सबै एन्ड्रोइड डिभाइसको लोकेसन गुगल म्यापको सहायताले यहीँबाट हेर्न सकिन्छ । 

यहाँबाट तपाईंले आफ्नो फोनमा घन्टी बजाउन पनि सक्नुहुन्छ । एउटा यस्तो अप्सन छ, जसबाट तपाईं आफ्नो फोनमा भएको सबै डाटा मेटाउन सक्नुहुन्छ । र, मोबाइल लक पनि गर्न सक्नुहुन्छ ।

यसको विकल्पमा तपाईं एबीजी, अवास्ट, क्यास्परस्काई, या लुकआउटको एन्टिभाइरस एप पनि प्रयोग गर्न सक्नुहुन्छ । यी एप्समा पनि रिमोट ट्र्याकिङ र डिभाइस लक तथा डाटा इरेजको सुविधा छ । 

आइफोनका लागि बिल्ट–इन एन्टीथेफ्ट एपको सुविधा छ, जुन सबै एप्पल आइओएस डिभाइसका लागि उपयोगी छ । यो एपको नाम फाइन्ड माई फोन हो । यसले तपाईंको आइक्लाउड एकाउन्टको माध्यमबाट काम गर्छ ।



icloud.com मा गएर तपाईं आफ्नो फोनको लोकेसन पत्ता लगाउन, फोनमा मेसेज पठाउन, फोन लक गर्न र डाटा इरेज गर्न सक्नुहुन्छ । 

यसका लागि तपाईंले आफ्नो मोबाइलको लोकेसन सर्भिस इनेबल गरेको हुनुपर्छ । यदि तपाईं यो फिचर प्रयोग गर्न चाहनुहुन्न भने थर्ड पार्टी एप पनि प्रयोग गर्न सक्नुहुन्छ । 



  • प्रकाशित मिति : फागुन २७, २०७५ साेमबार २०:६:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया