एनएसीको अर्को लफडा, पार्टपुर्जा र मर्मत ठेक्का रद्द गर्न लेखा समितिको निर्देशन

काठमाडौं– संसद्को सार्वजनिक लेखा समितिले वाइडबडी जहाजको इन्जिन पार्टपुर्जासम्बन्धी पिबिएच सेवाका लागि खरिद सम्झौता रद्द गर्न निर्देशन दिएको छ । टेन्डरमा सहभागी लुफ्थान्सा प्रभावग्राही नरहेको भन्दै निगमले बढी बोलकबोल गर्ने ‘एजे वार्टर’सँग ८ वर्षका लागि सम्झौता गरेको थियो ।

निगममा सञ्चालक समितिका सदस्यसँग छलफल गरेर समितिले टेन्डर प्रक्रियामा सहभागी सबै कम्पनीको पुनः मूल्यांकन गरी कम्पनी छनोट गर्न निर्देशन दिएको छ ।

यस्तै, न्यारोबडी जहाजको मर्मतको ठेक्का पनि पुरानै प्रक्रियाअनुसार मूल्यांकन गरेर ‘अवार्ड’ गर्न समितिले निर्देशन दिएको छ । यसका लागि निगमले पुनः टेन्डर आह्वान गरेको थियो ।





  • प्रकाशित मिति : फागुन २७, २०७५ साेमबार २०:८:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया