सर्बियाकी समलिङ्गी प्रधानमन्त्री अना बनिन् आमा

एजेन्सी– सर्बियाकी प्रधानमन्त्री अना ब्न्राबिककी पार्टनरले छोरा जन्माएकी छिन् । बुधबार उनको बच्चा भएको त्यहाँको प्रधानमन्त्री कार्यालयले जनाएको छ । सर्बियामा समलिङ्गी विवाहलाई वैधानिकता नदिइए पनि अनाले प्रधानमन्त्री निर्वाचित हुनुअगाडि नै आफू समलिङ्गी भएको बताएकी थिइन् । 

‘अना विश्वकै त्यस्तो पहिलो प्रधानमन्त्री हुन् जसले अफिसमा हुँदा बच्चा पाएकी छिन् र त्यो पनि समलिङ्गी पार्टनरबाट,’ उनको मिडिया अफिसले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ । आमा र बच्चा दुवैको स्वास्थ्य राम्रो रहेको पनि विज्ञप्तिमा उल्लेख गरिएको छ । 

स्थानीय सन्चारमाध्यमले बच्चाको नाम इगोर राखिएको जनाएका छन् । सन् २०१७ को जुनमा सत्ता सम्हालेकी अनाले यसअघि समलिङ्गी विवाहबारे खासै बोलेकी थिइनन् । 

प्रधानमन्त्री भएपछि पनि उनले सार्वजनिक कार्यक्रम तथा अन्तर्वार्ताहरुमा यसबारे बोलेकी छैनन् । उनलाई यसबारे प्रश्न सोधिँदा आफू प्रधानमन्त्री भएकाले यस विषयमा केही बोल्न नसक्ने बताउँदै आएकी छिन् । 





  • प्रकाशित मिति : फागुन २७, २०७५ साेमबार २०:१३:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया