सिरिया : हवाई आक्रमणमा ५० मारिए

दमास्कस– इस्लामिक स्टेट (आइएस) लडाकुहरुको पकड रहेको मानिने क्षेत्रमा भएको हवाई आक्रमणमा परी कम्तीमा ५० जना मारिएका छन् । 

सिरियाको राज्य–सञ्चालित समाचार संस्था सानाले जनाएअनुसार अमेरिकी नेतृत्वको सैन्य हवाई आक्रमणमा परी सोमबार मात्रै उनीहरु मारिएका हुन् । 

डेइर अल जौर प्रान्तमा पर्ने बाघौजमा रहेका आइएस लडाकुहरुलाई लक्षित गरी हवाई आक्रमण भएको जनाइएको छ । आक्रमणमा परी मारिएकामध्ये अधिकांश महिला र बालबालिका रहेको अधिकारीहरुले जनाएका छन् । 

अमेरिकी सहयोगको सिरियन डेमोक्रयाटिक फोर्स (एसडिएफ) ले आइतबार नै आइएस लडाकुविरुद्ध देशको पूर्वी क्षेत्रमा आक्रमण गर्ने घोषणा गरेको थियो । 

आक्रमण गर्नुअघि एसडिएफले समयसीमा तोकेर आत्मसमपर्ण गर्न आइएस लडाकु र उनीहरुका परिवारलाई आह्वान गरेको थियो । 

तर, लडाकु र उनीहरुका आफन्तसहित हजारौँले आत्मसमपर्ण गर्न अस्वीकार गर्दै लक्षित क्षेत्र छाडेर अन्यन्त्र भागेका थिए । 





  • प्रकाशित मिति : फागुन २७, २०७५ साेमबार २१:४१:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया