logo-img

सर्वोच्चमा मुद्दा दर्ता हुने दर तीन गुणाले बढ्यो : प्रस्तावित प्रधानन्यायाधीश श्रेष्ठ

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

प्रस्तावित प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले सर्वोच्च अदालतमा मुद्दा दर्ता हुने दर तीन गुणाले बढेको बताएका छन् । संसदीय सुनुवाइ समितिमा सुनुवाइको प्रक्रियामा श्रेष्ठले न्यायपालिकामा कार्य बोझ र न्याय सम्पादनको स्तरको उल्लेख गर्दै पछिल्लो दश वर्षको तुलनामा अदालतमा कार्य बोझ पनि तीन गुणाले बढेर गएको बताए । 

उनले भने,‘२०६१ साल मसान्तसम्म १ लाख १० हजार १ सय २ मुद्दा थियो । तर, २०८० साल असार मसान्तसम्म ३ लाख ३७ हजार ६ सय २ मुद्दाको सङ्ख्या पुगेको छ । मुद्दाहरू करिब तेब्बर सङ्ख्यामा दर्ता हुने क्रम बढेको छ ।’ 

१० वर्ष अगाडि फर्छ्यौट दर हेर्दाखेरि १० वर्ष अगाडि जम्मा ५४ हजार ४ सय ४४ मुद्दाहरू फर्छ्यौट भएको चर्चा गर्दै उनले तर ८० साल असार मसान्तसम्म १ लाख ८१ हजार ३ सय ३८ मुद्दा फर्छ्यौट भएका जानकारी गराए ।  

उनले भने, ‘सर्वोच्चको कार्य बोझ हेर्दाखेरि १० वर्ष अगाडि सर्वोच्चमा जम्मा २४ हजार ५ सय ७० मुद्दा पर्थे र फर्छ्यौट ६ हजार ७९६ मात्र हुन्थ्यो । अहिले असार मसान्तसम्म ४० हजार ३०३ मुद्दाको दर्ता सङ्ख्या रह्यो । र त्यसमा १२ हजार १६२ फर्छ्यौट अर्थात् १० वर्ष अगाडिको तुलनाको रूपमा सबैभन्दा धेरै सर्वोच्चले फैसला गरेको छ ।’





  • प्रकाशित मिति : भदौ ४, २०८० साेमबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया