वरिष्ठ चलचित्रकर्मी नीर शाहले चलचित्र क्षेत्रलाई मानव अधिकारको वकालत गर्ने प्रमुख संयन्त्रको रूपमा विकास गर्न सकिने बताएका छन् । मानव अधिकार प्रवर्द्धनमा चलचित्रको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा शाहले चलचित्र क्षेत्रलाई मानव अधिकारको वकालत गर्ने प्रमुख संयन्त्र बनाउन सक्ने हो भने मानव अधिकार र चलचित्रको इतिहासमा नयाँ सुरुवात हुने बताए । त्यसको लागि गम्भीर भएर काम गर्नुपर्ने उनको भनाइ थियो ।
उनले भने, ‘चलचित्र क्षेत्रलाई मानव अधिकारको वकालत गर्ने प्रमुख संयन्त्रको रूपमा विकास गर्नका लागि के गर्न सक्छौ भन्ने विषयमा ध्यान दिएर काम गर्ने हो भने मानव अधिकार र चलचित्रको इतिहासमा नयाँ सुरुवात हुन्छ ।’
चलचित्रकर्मी शाहले सिनेमाले मानव अधिकारको संरक्षणका लागि सोच्न र गर्न सक्ने कामहरूलाई आफ्नो प्राथमिकतामा राख्ने प्रयास गरेको भन्दै यसलाई अझ परिष्कृत गर्दै जानुपर्ने बताए ।
उनले भने, ‘सिनेमाले मानव अधिकारको संरक्षणका लागि सोच्न र गर्न सक्ने कामहरूलाई आफ्नो प्राथमिकतामा राख्नै पर्छ । त्यस्तो प्रयासहरू पनि भएको छ, तर त्यसले समाजमा परिवर्तन भएको छ छैन त्यो अर्को कुरा हो । हामीले विभेद, कुसंस्कार, महिलाको हक, सबै विषयलाई समेटेर मानव अधिकारलाई बुझाउने जति पनि चलचित्र बनाएका छौ त्यो जानेर होइन अर्को कथाको विषयमा बनाउँदा आफै त्यो पाटो झल्किएको हो ।’
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।