३ फागुन, २०८२ आइतबार
Feb. 15, 2026

हब इन्टरनेशनल एजुकेशनको १८औँ स्थापना दिवस

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

करिब दुई दशकदेखि शैक्षिक परामर्शको क्षेत्रमा महत्वपूर्ण योगदान दिँदै आएको हब इन्टरनेशनल एजुकेशनले बुधबार (भदौ ६ गते) १८औँ स्थापना दिवस मनाएको छ । काठमाडौंको हात्तिसारमा रहेको हब इन्टरनेशनल एजुकेशनले विदेशबाट उच्च शिक्षा पूरा गर्ने योजना बनाएका विद्यार्थीको चाहना करिब दुई दशकदेखि पूरा गर्दै आएको छ । 

स्थापनाकालदेखि नै अध्ययनका लागि विदेश जाने योजना बनाएका विद्यार्थीलाई सही मार्गनिर्देश गर्दै आएको हब एन्टरनेशनलले हरेक वर्ष विभिन्न सामाजिक काम गरेर आफ्नो स्थापना दिवस (वार्षिकोत्सव) मनाउँदै आएको छ । लामो समयदेखि विद्यार्थीलाई विदेशी विश्वविद्यालयसँग जोड्ने पुलको काम गरेको यो संस्थाले हरेक वर्षझैँ यो वर्ष पनि रक्तदान, छात्रवृत्ति प्रदानलगायत विभिन्न कार्यक्रम गरेर वार्षिकोत्सव मनाइरहेको छ ।



यो वर्ष पनि विभिन्न सामाजिक काम गरेर स्थापना दिवस मनाउने योजना बनेको हब इन्टरनेशनल एजुकेशनका अध्यक्ष उद्धव खड्काले जानकारी दिए । उनका अनुसार हबले आफ्नो स्थापना दिवसको अवसरमा सामाजिक उत्तरदायित्वअन्तर्गत रहेर रक्तदान कार्यक्रमदेखि गरिब तथा जेहेनदार बालबालिकालाई अध्ययनका लागि सहयोग गर्दै आएको छ ।

आवश्यकताअनुसार संस्थाले राहत वितरण, नेपाली विद्यार्थीलाई धेरैभन्दा धेरै सहुलियत कसरी दिन सकिन्छ भनेर विभिन्न कूटनीतिक निकायसँग समन्वय तथा छलफल गर्दै आएको छ । हब इन्टरनेशनल एजुकेशनले स्थापना कालदेखि नै उच्च शिक्षा अध्ययनमा सधैँ विद्यार्थीलाई प्रेरणादायी भूमिका निर्वाह गरेकाले समाज र विद्यार्थीमाझ राम्रो छाप छाड्न सफल भएको अध्यक्ष खड्काको दाबी छ । 



हब एजुकेशन अध्ययनका लागि विदेश जाने योजना बनाएका विद्यार्थीलाई तयारी कक्षादेखि आवश्यक परामर्श प्रदान गर्ने विश्वसनीय संस्था हो । आफ्नो संस्था विश्वसनीयताका लागि पहिलो नम्बरमा चिनिने गरेको दाबी गर्छन्, अध्यक्ष खड्का ।​

हात्तिसारस्थित आफ्नै भवनमा हालै सरेको हब एजुकेशनले विशेषगरी अष्ट्रेलिया, न्युजिल्याण्ड, आयरल्याण्ड, युके, अमेरिका, क्यानडा, भारतलगायत विश्वका विभिन्न देशमा अध्ययनका लागि जान चाहने नेपाली विद्यार्थीलाई परामर्श दिँदै आएको छ ।

शिक्षा मन्त्रालयलबाट स्वीकृतिप्राप्त हब एजुकेशनले सक्षम र अनुभवी परामर्शदाताबाट विद्यार्थीलाई परामर्श तथा तयारी कक्षा दिँदै आएको छ भने सुरुदेखि नै आफ्नो भिसा सक्सेस रेटलाई पनि मेनटेन गर्दै आएको छ ।

यो संस्थाका शाखा देशभित्र मात्र नभएर विदेशमा समेत रहेका छन् । नेपालमा कुमारीपाटी(ललितपुर), पोखरा, चितवन बुटवल र भैरहवामा यसका शाखा रहेका छन् । यसैगरी अष्ट्रेलिया, युके, पाकिस्तान, भारत, श्रीलंका र फिलिपिन्समा यसका शाखा कार्यालय रहेका छन् ।



यसका सञ्चालक तथा अध्यक्ष उद्धव खड्काले अन्तर्राष्ट्रिय अन्टरप्रेनरसिप इन ग्लाेबल एजुकेशनमा विद्यावारिधि गरेका छन् भने संस्थाका सह–सञ्चालक सरिता खड्काले एमबिए गरेकी छिन् । उनी पूर्व बैंकरसमेत हुन् ।

आइरिन र नायरको सदस्य रहेको यो संस्थाले विश्वभरका करिब दुई सयभन्दा बढी विश्वविद्यालय र कलेजसँग प्रत्यक्ष रूपमा जोडिएर काम गर्दै आएको छ ।

  • प्रकाशित मिति : ६ भदौ, २०८० बुधबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया