Sun, 26 May, 2019


सन्दीप नेपाल फर्कँदै
फरकधार / फागुन २८, २०७५

काठमाडौँ– राष्ट्रिय क्रिकेट टोलीका सदस्य सन्दीप लामिछाने पाकिस्तान सुपर लिग (पिएसएल) क्रिकेट प्रतियोगितामा सहभागिता जनाएर आज स्वदेश फर्कँदै छन् । 

राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप आज दिउँसो ३ः३५ बजे कतार एयरवेजबाट नेपाल आइपुग्ने कार्यक्रम रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीका व्यवस्थापक रमण शिवाकोटीले जानकारी दिए । 

सन्दीपले उक्त प्रतियोगितामा सात खेल खेल्दै ११ विकेट लिएका थिए । सन्दीपको टोली लाहोरले प्रतियोगिताको १० खेलमा ६ अङ्क जोड्ेको थियो । उनकोे टोली प्रतियोगिताको समूह चरणबाटै बाहिरिएको छ । 
 


यो पनि नछुटाउनुहोस्