राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता ज्ञानेन्द्र बहादुर शाहीले गौरा पर्वलाई राष्ट्रिय पर्वका रूपमा मनाउन आवश्यक रहेको बताएका छन् ।
बिहीबार काठमाडौंमा आयोजित गौरा पर्व २०८० विशेष कार्यक्रममा बोल्दै उनले देशको अवस्था र व्यवस्था फेरिएसँगै गौरा पर्वलाई पनि राष्ट्रिय पर्वका रूपमा मनाउन आवश्यक रहेको बताए ।
उनले भने, ‘अब अवस्था फेरिएको परिस्थिति फेरिएको छ । पूर्व प्रधानमन्त्री यहीँ हुनुहुन्छ । यसलाई राष्ट्रिय विधाका रूपमा हामीले मनाउनुपर्छ किनकि सबैका संस्कृति मान्दा हाम्रो संस्कृति किन नमान्ने ?।’
उनले नेपाली भाषाको उद्गम स्थलको पर्व भएकाले यस पर्वमा राष्ट्रिय छुट्टीको माग गरे । उनले भने, ‘नेपाली भाषाको उद्गम स्थलको पर्व हो यो । नेपाल भरी भाषा संस्कृति सिकाउनेको पर्व हो यो । त्यसैले हाम्रो पर्वमा राष्ट्रिय छुट्टी चाहिन्छ यो माग सबैले गर्न आवश्यक छ ।’
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।