पोखरा– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वाइडबडी जहाज खरिद प्रकरणको सम्बन्धमा छानबिन हुनुपर्ने बताएका छन् । नेपाल प्रेस युनियन कास्कीद्वारा मंगलबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै पूर्वप्रधानमन्त्री देउवाले एनसेलले पनि राज्यलाई कर तिर्नुपर्ने बताए ।
सरकारले सिके राउतसँग गरेको सम्झौताप्रति आपत्ति जनाउँदै सभापति देउवाले फौजदारी संहिताका नाममा सरकारले प्रेसमाथि अंकुश लगाउन खोजेकोसमेत आरोप लगाए । प्रजातन्त्र र प्रेस स्वतन्त्रता एक–अर्काका परिपुरक भएको उनको धारणा थियो ।
देउवाले वर्तमान सरकारले प्रभावकारी रूपमा काम गर्न नसकेको आरोप लगाए । प्रजातन्त्रविरुद्ध हुने जुनसुकै गतिविधि कांग्रेसलाई सह्य नहुने देउवाको भनाइ थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।