एउटा गिरोहले कम्युनिस्टका नाममा घिनलाग्दो काम गरिरहेको छ : प्रधानमन्त्री ओली

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले कम्युनिस्टका नाममा युवालाई लुट्न सिकाएर घिनलाग्दो काम गरेको बताएका छन् । सो समूहको नाम नलिई प्रधानमन्त्री ओलीले भने, ‘यहाँ कम्युनिस्टको नाममा युवालाई लुट्न सिकाइरहेका छन् । यो हुन सक्ने कुरा होइन ।’ 

नेपाल वैदेशिक रोजगार व्यवसायी संघको टोलीसँगको भेटघाटमा प्रधानमन्त्री ओलीले हिंसा र विस्फोटबाट आतंक मच्चाएर लुटपाट गर्ने त्यस्तो समूहसँग सरकारले वार्ता नगर्ने बताएका छन् । संघका अध्यक्ष रोहन गुरुङको घरमा फागुन २४ गते बम हानेको विषयमा प्रधानमन्त्रीको ध्यानआकर्षण गर्न आएको टोलीसँग मंगलबार भएको भेटमा ओलीले बम पड्काउने र पैसा असुल्नेहरुसँग वार्ता गर्नुको औचित्य नभएको स्पष्ट पारेका हुन् ।

आफूलाई कतिपयले सो समूहसँग वार्ता गर्नुपर्यो भनेको बताउँदै ओलीले भने, ‘केका लागि वार्ता गर्ने ? उनीहरुले गरेका क्रियाकलाप राजनीतिक हुन् ? बम पड्काउने, आतंकित पार्ने, पैसा असुल्ने कुरा राजनीतिक हुन सक्दैनन् ।’ 

उनले थपे, ‘जहाँ–जहाँ धेरै पैसा छ भन्ने लाग्छ त्यहीँ बम हान्नेहरुसँग के–को वार्ता ? उनीहरुलाई कानुनबमोजिम नियन्त्रणमा लिइन्छ ।’ अध्यक्ष गुरुङको घरमा भएको विस्फोटप्रति दुःख व्यक्त गर्दै प्रधानमन्त्री ओलीले घटनाबारे सरकारले छानबि गर्ने प्रतिबद्धता व्यक्त गरे ।





  • प्रकाशित मिति : फागुन २८, २०७५ मंगलबार १५:१:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया