सम्बन्धविच्छेदबारे बोलिन् मलाइका

एजेन्सी— बलिउड अभिनेत्री मलाइका अरोडा र अरबाज खानको सम्बन्धविच्छेद भएको पनि अब निकै भइसकेको छ । तर, यसअघि मलाइकाले यसबारे खासै कुरा गरेकी थिइनन् । अब चाहिँ उनी यसबारे पनि खुलेर कुरा गर्ने भएकी छिन् । केही दिनअघि दिएको एउटा अन्तर्वार्तामा मलाइकाले अरबाजसँगको सम्बन्धबारे आफ्ना कुराहरु राखेकी छिन् ।

‘सम्बन्धविच्छेद अत्यन्त ठूलो कदम थियो, मलाई अहिले स्वतन्त्र भएको महसुस भइरहेको छ,’ उनले भनेकी छिन्, ‘मलाई यो कदममा धेरै मानिसले सहयोग गरेका थिएनन् । उनीहरुले यसको नतिजा सोच्नु है पनि भनेका थिए  । तर, अहिले आएर मलाई लागेको छ– मैले जे गरेँ, त्यो ठिक गरेकी रहेछु ।’

केही अघि अरबाजले आफ्नो जीवन र सम्बन्धविच्छेदबारे बोलेका थिए । उनले भनेका थिए, ‘केही अघिसम्म त म पनि चिन्तित थिएँ, अब चाहिँ त्यो चिन्ता सबै समाधान भएको छ । म आफ्नो जीवन आफ्नै तरिकाले बाँचिरहेको छु र यसैमा खुसी छु ।’

केही दिनअघि मात्र मलाइका र अर्जुन कपुर सँगै देखिएका थिए । यी दुईले आगामि वर्षसम्म विवाह गर्ने बताइएकाे छ ।





  • प्रकाशित मिति : फागुन २८, २०७५ मंगलबार १७:४८:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया