Sun, 26 May, 2019


ज्याकी श्राफले भने– टाइगर र दिशाको विवाह छिट्टै हुन्छ
फरकधार / फागुन २८, २०७५

एजेन्सी— बलिउडमा जग्गु दादाको नामबाट चिनिएका अभिनेता ज्याकी श्राफ अब लगातार फिल्महरुमा देखिने भएका छन् । सुरुमा उनको फिल्म रअ सार्वजनिक हुँदै छ भने त्यसको केही समयपछि सलमान खानको फिल्म भारतमा पनि उनी देखिने भएका छन् । फिल्ममा उनको अभिनय त छँदै छ, उनको अभिव्यक्तिको पनि धेरैले तारिफ गरिरहेका हुन्छन् । यस्तो किन भने उनी आफ्ना कुरा प्रष्टसँग राख्छन् । 

अब पछिल्लो समय उनले छोरा टाइगर श्राफको सम्बन्धबारे बोलेका छन् । बलिउड हंगामाको रिपोर्टलाई मान्ने हो भने ज्याकीका अनुसार टाइगर र उनकी गर्लफ्रेन्ड दिशा पाटनीको विवाह हुनसक्ने पनि बताएका छन् । ‘यो नितान्त उनीहरुको कुरा हो, यसलाई अब उनीहरुले आफैं जसरी हुन्छ त्यसरी नै म्यानेज गर्न सक्छन्, दुवैले गर्ने निर्णय उनीहरुमा नै निर्भर गर्छ ।’


यो पनि नछुटाउनुहोस्