साफ च्याम्पियनसिप उद्घाटन खेलमा नेपालले भुटानलाई हरायो

काठमाडौं– महिला साफ च्याम्पियनसिप फुटबलको उद्घाटन खेलमा नेपालले सहज जित दर्ता गराएको छ । नेपालले भुटानलाई ३–० ले पराजित गर्दै विजयी सुरुवात गरेको हो । 
 
विराटनगरको सहिद रंगशालामा भइरहेको खेलमा मन्जिलीकुमारी योन्जनले नेपालका तर्फबाट १३औँ मिनेटमा खेलको पहिलो गोल गरेकी थिइन् । त्यसको ३ मिनेटपछि १६औँ मिनेटमा सावित्रा भण्डारीले पुनः अर्को थपेर नेपाललाई २–०को अग्रतामा पुर्याइन् ।  

पहिलो हाफमा २–० को अग्रता बनाएको नेपालले दोस्रो हाफमा एक गोल थप्दै गोल अन्तर फराकिलो बनाएको हो । ५४औँ मिनेटमा नेपालका लागि निरु थापाले तेस्रो गोल गरेकी हुन् । 

भुटानविरुद्ध निकै आक्रामक देखिएको नेपालले गोल गर्ने अन्य अवसर पाए पनि गोल गर्न भने सकेन । पहिलो खेल जित्दै नेपालले आफ्नो अंकतालिकामा ३ अंक जोडेको छ । समूह एमा रहेको नेपालले आफ्नो दोस्रो खेलमा बंगलादेशको सामना गर्नेछ । 





  • प्रकाशित मिति : फागुन २८, २०७५ मंगलबार १७:२७:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया