गर्भवती अवस्थामा एउटै चुरोटले पनि गर्छ यति धेरै हानी

एजेन्सी– चुरोट सेवनका कारण हाम्रो स्वास्थ्यमा पर्ने अनेक समस्याबारे त हामीलाई थाहा नै छ । तर, कहिलेकांही हामी यी सब कुरा इग्नोर गरेर एउटा त हो नि भनेर चुरोट सेवन गरिदिन पनि सक्छौँ । तर, गर्भवती महिलाले त दिनमा एउटा चुरोट पनि सेवन गर्नु हुँदैन । यसले आमाको मात्र होइन, पेटमा रहेको बच्चाको स्वास्थ्यमा पनि निकै ठूलो असर गर्ने पछिल्लो अध्ययनले देखाएको छ । 

केही अघिमात्र गरेको एउटा अध्ययनले दैनिक एउटा मात्र चुरोट पिउने गर्भवती आमाबाट जन्मिएका सन्तानको नवजात शिशुमा नै मृत्यु हुने सम्भावना बढी हुने देखाएको छ । एक वर्ष नपुग्दै बच्चाको आकस्मिक तथा अप्रत्याशित मृत्यु हुने सम्भावना बढी हुने त्यो अध्ययनले देखाएको हो । 





  • प्रकाशित मिति : फागुन २८, २०७५ मंगलबार १७:३१:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया