‘जात्रा’ र ‘जात्रै जात्रा’ को सफलतापछि यसको तेस्रो शृङ्खलाका रूपमा नेपाली चलचित्र ‘महाजात्रा’ बन्ने भएको छ ।
निर्माण कम्पनी षट्कोण आर्ट्सले ‘महाजात्रा’ घोषणा गरेको हो । यसअघिका शृङ्खलामा रहेका कलाकारसँग यसपटक हरिवंश आचार्य पनि जोडिएका छन् ।
प्रदीप भट्टराईको लेखन तथा निर्देशनमा तयार हुने चलचित्रमा अभिनेता आचार्यसँगै विपिन कार्की, वर्षा राउत, रवीन्द्र झालगायतका कलाकारले अभिनय गर्नेछन् ।
चलचित्रको छायाङ्कन दसैँलगत्तै हुने जनाइएको छ । ९ चैतमा प्रदर्शन मिति तय गरिएको निर्माण संस्थाले जनाएको छ । छायाङ्कनअगावै चलचित्रको नेपाल र भारतबाहेकको प्रदर्शन अधिकार बिक्री भइसकेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।