साफ महिला च्याम्पियनसिप
बस्ने होटल राम्रो नभएकाले हार व्यहोर्नुपरेको भुटानी काेचकाे आरोप

विराटनगर– साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताको पहिलो खेलमा नेपालसँग ३–० ले पराजित भएपछि भुटानका प्रशिक्षक सुङ जियालीले प्रतियोगिताको व्यवस्थापनमाथि प्रश्न उठाएका छन् ।

हारपछि प्रतिक्रिया दिँदै उनले भने, ‘हामी बस्ने होटल राम्रो भएन । होटल खोज्दै दिन गयो ।’ 

भुटाननी टोली काठमाडौंबाट आइतबार बिहान प्रतियोगिता हुने सहर विराटनगर पुगेको थियो । भुटानी टोलीका लागि आयोजक एन्फाले स्ट्रन स्टार होटल बुक गरेको थियो ।

पहिलो दिन त्यहीँ बसेको भुटानी टोली होटल नराम्रो भएको भन्दै भोलिपल्ट नयाँ होटल खोज्न हिँड्यो । र, साँझतिर स्ट्रनबाट ह्यारिसन होटलमा सरेर बस्यो । बस्ने व्यवस्थाको राम्रो नभएको भन्दै भुटानी टिमले सोमबार अभ्यास गरेन ।

आजको खेलमा नेपालसँगको हारमा प्रशिक्षक सुङले व्यवस्थापनमा भोग्नुपरेको कठिनाइलाई दोष दिए । यति ठूलो अन्तर्राष्ट्रिय प्रतियोगिताको व्यवस्थापन लज्जास्पद भएको उनले टिप्पणी गरे ।

आफ्नो प्रशिक्षण करिअरमा यसअघि कहिल्यै यस्तो अवस्थाबाट गुज्रिनु नपरेको भन्दै उनले व्यवस्थापकीय असहजताका कारण प्रशिक्षणमा ध्यान दिन नसक्दा हार व्यहोर्नुपरेको दाबी गरे ।





  • प्रकाशित मिति : फागुन २८, २०७५ मंगलबार २१:१३:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया