बागमती प्रदेश सभा सचिवालयमा आज प्रदेश सरकारका तर्फबाट दुईवटा विधेयक दर्ता गरिएको छ ।
दर्ता गरिएका विधेयकमध्ये प्रदेश सञ्चारमाध्यम व्यवस्थापन ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयक र स्वास्थ्य सेवा ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयक रहेको प्रदेश सभा सचिवालयका प्रवक्ता मनोजकुमार गुप्ताले बताए ।
प्रदेश सभाको अधिवेशन यही भदौ १८ गते अपराह्न १:३० बजे बस्ने गरी आह्वान भइसकेको पनि सो सचिवालयले जनाएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।