पूर्वसभामुख एवं माओवादी नेता कृष्णबहादुर महराका छोरा राहुल महराले नौ किलो सुन तस्करी प्रकरण अनुसन्धानका लागि प्रहरी कार्यालयमा उपस्थित हुने बताएका छन् । जिल्ला सरकारी वकिल कार्यालयले अभियोगपत्रमा महरा र उनका छोरा राहुलको समेत संलग्नता रहेको दाबी गरेको छ।
सुन तस्करी प्रकरणमा महरा बाउ छोराको संलग्नता रहेको भनिएपछि सत्ताको आडमा उनीहरुमाथि अनुसन्धान नै हुन सकिएको छैन। सार्वजनिक मिडियो कुरा उठाएपछि त्यसप्रति आक्रोश व्यक्त गर्दै राहुल महराले अनुसन्धानमा सहयोग गर्न आफू प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबी उपस्थित हुन लागेको जनाएका हुन्।
राहुलले सुन तस्करीको अनुसन्धानका क्रममा पक्राउ परेका चिनियाँ नागरिकसँग २३४ पटक टेलिफोन सम्पर्क गरेको अभियोगपत्रमा उल्लेख छ।
उनले सामाजिक सञ्जालमा भनेका छन्, ‘कथित ठूलो भनिएको मिडियाले ग्वेबल्स शैलीमा मिडिया ट्रायल गरी हामी माथि हिलो छ्याप्ने कोसिस भएकाले स्वयम सिआइबीमा उपस्थित भई अनुसन्धानमा सहजीकरण गर्दै छु। नबिराउनू, नडराउनू।’
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।