पुँजीवाद खतरामाः रघुराम राजन

एजेन्सी– भारतीय रिजर्भ बैंकका पूर्व गर्भनर रघुराम राजनले पूँजीवादको फाइदा तथा लाभ आम मानिसलाई मिल्न छाडिसकेकाले पुँजीवाद खतरामा भएको बताएका छन् । बिबिसीका लागि अन्तर्वार्ता दिँदै उनले भनेका छन्, ‘अब यही क्रम रहिरहे मानिसहरुले पुँजीवादको विरोधमा क्रान्ति गर्ने छन् ।’

उनले भारतको प्रसङ्ग निकाल्दै सरकारले अर्थव्यवस्थाबारे विचार गर्दा भारतीय समाजमा व्याप्त असमानतालाई बेवास्ता गरेको आरोप पनि लगाएका छन् । 
रघुराम राजन भारतीय रिजर्भ बैंकका गर्भनर मात्र नभएर अन्तर्राष्ट्रिय मुद्रा कोषमा प्रमुख अर्थशास्त्री पनि थिए । उनी त बेलायती केन्द्रीय बैंकको गर्भनर पनि हुने अनुमान थियो । तर, अहिले उनी सिकागो विश्वविद्यालयमा प्रोफेसरका रुपमा कार्यरत छन् ।

‘मलाई लाग्छ पुँजीवाद खतरामा छ र अब यसको विद्रोह सुरु हुने समय आएको छ,’ उनले भनेका छन्, ‘पहिलो साधरण शिक्षा पाएका मध्यमवर्गीय युवालाई रोजगारी खोज्न सजिलो थियो । तर, अब समय बदलिएको छ ।’ उनले यसैका कारण पनि अब एउटा समुदायले आफ्ना लागि आगामि वर्षमा के गर्ने भन्ने निश्चित गर्न सकेका छैनन् ।’
सबैलाई समान मौका नदिएकाले पनि पुँजीवाद खतरामा रहेको रघुराम राजनले निष्कर्ष निकालेका छन् ।  

पुँजीवाद र समाजवादबारे विभिन्न अध्ययन गरिएका छन्, बहस भएका छन् । त्यसैले अहिलेको अवस्थामा रघुराम राजनको यो अभिव्यक्तिलाई गम्भीर रुपमा लिन सकिन्छ ।





  • प्रकाशित मिति : फागुन २८, २०७५ मंगलबार २२:४३:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया