logo-img

भारतीय अभिनेत्री दिव्या दत्ता नेपालमा

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

त्रिदिवसीय साहित्य महोत्सव ‘काठमाडौं–कलिङ साहित्य महोत्सव’मा सहभागी हुन भारतीय अभिनेत्री दिव्या दत्ता नेपाल आएकी छन् । उन मुम्बई इन्डिगोको विमानमार्फत आज २ः२० बजे नेपाल अवतरण गरेकी हुन् । 

उनी महोत्सवअन्तर्गतका विभिन्न छलफल तथा गोष्ठी (सेसन)मा सहभागी हुने आयोजक समितिका सदस्य तथा नाट्यकर्मी राज शाहले जानकारी दिए । ‘अभिनेत्री दत्ताले साहित्यसँगै चलचित्रको विषयमा हुने छलफलमा सहभागिता जनाउनुहुनेछ,’ उनले भने, ‘उहाँ भदौ १८ मा भारत फर्किने तालिका रहेको छ ।’

अभिनेत्री दत्तासँगै अभिनेत्री मनीषा कोइरालासँग एउटै मञ्चमा ‘दक्षिण एसियाली सिनेमाका चुनौती र सम्भाव्यता’बारे अन्तरक्रिया गर्ने कार्यतालिका रहेको शाहले बताए । 

भदौ १५ गते (शुक्रबार)देखि सुरु हुने साहित्य महोत्सवमा नेपालसहित भारत, भुटान, बंगलादेश र श्रीलंकाका लेखक तथा कलाकार भेला हुँदै छन् । यस अन्तर्राष्ट्रिय महोत्सव यशस्वी प्रज्ञा प्रतिष्ठान, नेपाल र कलिङ लिटरेरी फेस्टिभल (केएलएफ) भारतको संयुक्त आयोजनामा हुँदै छ ।





  • प्रकाशित मिति : भदौ १४, २०८० बिहीबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया