सामाजिक सन्जाल: ‘के सरकारले विप्लवको टाउकोको मूल्य तोकिसक्यो ?’

काठमाडौं– मंगलबारको मन्त्रिपरिषद् बैठकमा सरकारले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको माओवादी पार्टीमाथि प्रतिबन्ध लगाउने निर्णय गर्यो । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई मार्ने षडयन्त्र गरेको दाबी गर्दै विप्लवमाथि प्रतिबन्ध लगाउने प्रस्ताव पारित गरेको समाचार बाहिरिएसँगै सामाजिक सन्जालमा सरकारको यो निर्णयको धेरैले विरोध गरेका छन् । 

 

यसअघि स्वतन्त्र मधेश गठबन्धनका संयोजक सिके राउतलाई सरकारले जसरी सम्झौतामा ल्याउँदै धेरैले प्रशंसा गरेका छन्, अहिले सरकारको निर्णयको विरोधमा धेरैले आफ्ना विचार राखेका छन् । कतिले त विप्लव र अहिले सरकारमा रहेका माओवादी नेता तथा गृहमन्त्री रामबहादुर थापा बादलको दोस्तीको पनि कुरा गरेका छन् । बादल र विप्लव सँगै जनयुद्धमा होमिएको प्रसङ्ग धेरैले कोट्ट्याएका छन् । 


 




मुकेश घिमिरे नामका ट्विटर प्रयोगकर्ताले चाहिँ प्रधानमन्त्री ओलीले गरेको दाबी माथि नै प्रश्न उठाएका छन् । उनले प्रधानमन्त्रीले दिने अभिव्यक्ति हचुवाका भरमा आएकाले यसमा आक्रोश पोखेको लेखेका छन् । 



प्रकाश पार्कीले चाहिँ सरकारलाई सिके राउतलाई राजनीतिमा ल्याएजस्तै विप्लवलाई पनि राजनीतिमा ल्याउन सुझाव दिएका छन् ।

पत्रकारसमेत रहेका पुरुषोत्तम दाहालले चाहिँ यसलाई सरकारको कमजोर निर्णयको संज्ञा दिएका छन् । उनले लेखेका छन्, विगतको तीतो पाठ गणतन्त्रका सरदारहरुले नसिक्नु दुर्भाग्य छ । एकपटक वार्ताको आह्वान गरेको भए, संवाद सूत्र तय गरेको भए सायद विप्लव पार्टीलाई प्रतिबन्ध गर्नु पर्ने थिएन होला । तर सरकारले निषेधको बाटो मार्फत देशमा हिम्सा र द्वन्द्व बढाउने निर्णय गरेको छ ।’

 

प्रकाश नेपालले चाहिँ सरकारले लगाएको प्रतिबन्धमाथि नै प्रश्न उठाएका छन् । उनको प्रश्न छ, के सरकारले राजनीतिक दलमाथि यत्तिकै प्रतिबन्ध लगाउन पाउँछ ?
थोरै व्यंग्य जोड्दै सुरेश गौतम नामका ट्विटर प्रयोगकर्ताले चाहिँ कतै सरकारले विप्लवको टाउकोको मूल्य त तोकिसकेको छैन भनेर प्रश्न गरेका छन् ।
 

  • प्रकाशित मिति : फागुन २९, २०७५ बुधबार ०:२१:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया