logo-img

वसन्तप्रताप सिंहको पुस्तक ‘साइपाल हिमाल’ सार्वजनिक

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

पत्रकार वसन्तप्रताप सिंहको ‘साइपाल हिमाल’ नामक पुस्तक लोकार्पण गरिएको छ ।

बिहीबार नेपाल पर्वतारोहण संघको वार्षिक साधारणसभाको अवसरमा सिंहको सो पर्यटकीय पुस्तक उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले संयुक्तरूपमा पुस्तकको लोकार्पण गरेका हुन् ।  

डेढ दशकयता पत्रकारितामा सक्रिय सिंहले बझाङमा बसेर सुदूरपश्चिम र कर्णाली क्षेत्रका सवालमा कलम चलाउँदै आएका छन् । यस क्षेत्रको पर्यटन सम्भावना, चुनौती र अवसरकाबारे थुप्रै समाचार र आलेख लेखिसकेका सिंहको पुस्तकले यस पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने विश्वास व्यक्त गरिएको छ ।

उनले पुस्तकमा दौरान संकलन भएका तस्बिर, संस्कृति, भूदृष्य र पर्वतारोहणसम्बन्धी विभिन्न जानकारी पनि समावेश गरेका छन् ।   

१३२ पृष्ठको सिंहको पुस्तकमा साइपाल क्षेत्रको जनजीवन, संस्कृति, चाडपर्व, खानपान, रहनसहन, हिमाली पर्यावरण र पर्वतारोहणलाई पनि समेटिएको छ । 



हिमाल आरोहणमा रुचि राख्ने विदेशीलाई साइपाल चिनाउनलक्षित उनको पुस्तकमा साइपाल क्षेत्रको समग्र परिचय प्रस्तुत गरिएको छ । 
 



  • प्रकाशित मिति : भदौ १५, २०८० शुक्रबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया