लामो समय प्रदुषित हावामा बस्दा मधुमेह हुन सक्छ

एजेन्सी– लामो समयसम्म प्रदुषित हावामा सास लिँदा मधुमेहको खतरा बढ्ने सम्भावना उच्च हुन्छ । चीनमा हालै भएको भएकाे एक अध्ययनले यस्ताे नतिजा सार्वजनिक गरेको हो । 

चीनको सरकारी समाचार एजेन्सी सिन्हुआका अनुसार यो अनुसन्धान एकेडेमी अफ मेडिकल साइन्सेज फुवई हस्पिटल र अमेरिकास्थित एमरोय विश्वविद्यालयका खोजकर्ताले संयुक्त रुपमा गरेका थिए । 

यस अध्ययनमा ११ वर्षसम्म पिएम २.५ को सम्पर्कमा बस्ने ८८ हजार भन्दा धेरै चिनियाँ युवाहरु सहभागी थिए । यसको तथ्यांकअनुसार मधुमेह र प्रदुषणबीचको सम्बन्ध विश्लेषण गरिएको थियो । अनुसन्धानका अनुसार लामो समयसम्म पिएम २.५ को १० माइक्रोग्राम प्रति घनमिटरसम्म हुँदा मधुमेह बढ्ने खतरा १५.७ प्रतिशतसम्म हुन सक्छ । 

सिन्हुआले लेखेको छ ‘यो अध्ययन विकाशिल देशका लागि बढि महत्वपूर्ण छ, किनकी यो देशमा वायु प्रदुषणको स्तर लगातार बढिरहेको छ । विशेषगरि भारत, चीनमा पछिल्लो समयमा पिएमको स्तर २.५ भन्दा बढी पाइएको छ । तर यसको बावजुद यी देशमा वायु प्रदुषण र मधुमेहबीचको सम्बन्धबारेका जानकारी धेरै बाहिर आउँदैनन् ।’ 

पिएम २.५ वा सुक्ष्म कण भएको वायु निकै प्रदुिषत हुन्छ । मधुमेहले विश्वभर धेरै आर्थिक र स्वास्थ्य बोझ बढाइरहेको छ ।

विश्वमा मधुमेहको सबैभन्दा धेरै जोखिम भएको देश चीन हो । डिसेम्बर २०१७ मा आएको एक रिपोर्टअनुसार चीनमा कुल ११.४० करोड मधुमेह रोगी छन र भारतमा ७.२ करोड रोगी छन् । चीन र भारत लगातार पहिलो र दोस्रो नम्बरमा छन् । मधुमेहका करिब ३ करोड रोगी अमेरिकामा छन् । 





  • प्रकाशित मिति : फागुन २९, २०७५ बुधबार ९:४५:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया