चेमजोङको हत्यामा संलग्न पक्राउ

काठमाडौँ– महानगरीय अपराध महाशाखाले नीरमाया चेमजोङको हत्यामा संलग्न एक जनालाई पक्राउ गरेको छ । 

महाशाखाको टोलीले सुनसरी घर भई नागार्जुन नगरपालिका–५ पाँचधारा हलचोक बस्ने ४५ वर्षीय चेमजोङको हत्यामा संलग्न काठमाडौँका ३७ वर्षीय प्रकाश थापामगरलाई मङ्गलबार साँझ पक्राउ गरेको हो । 

महाशाखाका प्रवक्ता एवं प्रहरी उपरीक्षक सोमेन्द्रसिंह राठौरले थापामगर र चेमजोङबीच विगत दुई–तीन वर्षदेखि चिनजान हुँदै आएको र एकअर्काको कोठामा आवतजावत गर्दा सोमबार राति एकआपसमा विवाद भएपछि थापामगरले लात्तीले हानेर बेहोस हुँदा मृत्यु भएको अनुसन्धानमा खुलेको बताए । 

घटनामा संलग्न थापामगरलाई महाशाखा र महानगरीय प्रहरी वृत्त स्वयम्भुको टोलीले पक्राउ गरी आवश्यक अनुसन्धान गरिरहेको महाशाखाले जनाएको छ । 





  • प्रकाशित मिति : फागुन २९, २०७५ बुधबार १०:१४:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया