एप्पल एयरपडले क्यान्सर हुन सक्छ

एजेन्सी– एप्पल एयरपडको प्रयोगले क्यान्सर हुन सक्छ । युनाइटेड नेशन र वल्र्ड हेल्थ अर्गनाइजेशनमा परेको उजुरीपछि यसको खुलासा भयो । उक्त उजुरीमा ४० देशका २५० वैज्ञानिकले सहमति जनाएका छन् ।

एयरपड प्रयोग गर्दा कानको भित्री सतहमा पुग्ने तरंगले कानलाई असर पुर्याउँछ, यही कारणले वैज्ञानिकहरुले विशेषगरी एयरपडको प्रयोगलाई लिएर यस्तो चेतावनी दिएका हुन् । 

रेडियो फ्रिक्वेन्सीको तरंगले क्यान्सर हुने खतरा हुन्छ,जनावरमाथि भएको एक अध्ययनले यसको पुष्टि गरेको छ।

यो तरंग रेडियो तरंगभन्दा नि खतरनाक हाइ लेभलको तरंग हो, जसले गर्मी पैदा गर्छ र कतिपय अवस्थामा जलाउँछ पनि । वैज्ञानिकहरु अझैपनि कम पावर भएको रेडियो तरंगलाई लामो समयसम्म काममा प्रयोग गर्न प्रयासरत छन् । 

रिपोर्टका अनुसार रेडियो तरंगले जनावारको न्युरोलोजिकल, अनुवांशिक र प्रजनन क्षमतामा क्षती पुर्याउँछ ।

उजुरी गर्ने वैज्ञानिकहरु भविष्यमा यी तरंगका कारण धेरै समस्या सामना गर्नु पर्ने अवस्था आउन सक्ने बताउँछन् । तर पनि वैज्ञानिकहरु भन्छन् सुरक्षा मानक स्थापित गर्ने विभिन्न एजेन्सीहरु आम जनताको रक्षाका लागि प्रयाप्त कदम उठाउन विफल छन्, विशेषगरी इएमएफको प्रभावप्रति अति संवेदनशिल बच्चाहरुको सुरक्षाका लागि कुनै कदम चालिएको छैन ।’



एप्पलले २०१८ मा २ करोड ९० लाख जोडी ह्वाइट वायरलेस एयरप्याड्स बेचेको छ । २०१७ मा कम्पनीले १ करोड ६० लाख जोडी एयरप्याड्स बेचेको थियो ।स्मार्टफोन वायरलेस एयरप्याड्सको ब्लुटुथसँग कनेक्ट गरिन्छ, जसमा पपुलर सर्ट डिस्टेन्स रेडियो कम्युनिकेशन टेक्नोलोजीको प्रयोग हुन्छ । 

कुनै पनि उपकरण वायरलेस कम्युनिकेट गर्न इलेक्ट्रोम्याग्नेटिक एनर्जी अलग–अलग तरंगको प्रयोग गर्न पर्छ । ब्लुटुथमा कम पावरको रेडियो तरंगको प्रयोग हुन्छ । 



  • प्रकाशित मिति : फागुन २९, २०७५ बुधबार १२:३३:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया