राजपाले टीकापुर घटनाकाे छानबिन प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै गर्याे संसद अवरुद्ध

काठमाडाैं— राष्ट्रिय जनता पार्टीले बुधबारकाे संसद बैठक अवरुद्ध गरेकाे छ । टीकापुर घटनाकाे प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै राजपाले संसद अवरुद्ध गरेकाे हाे । 

राजपाका अध्यक्ष मण्डलका संयोजक महेन्द्र राय यादवले गिरिशचन्द्र लाल नेतृत्वको समितिले तयार पारेको टीकापुर घटनाको प्रतिवेदन सार्वजनिक गर्न माग गरेका थिए। तर प्रतिवेदन सार्वजनिक नभएपछि बुधबारको बैठक अवरुद्ध गरिएको हो।

आजको बैठकमा राजपा सांसद राजकिशोर यादवले संबोधन गरेका थिए। बुधबार संसदको बैठक सुरु भए लगतै राजपा सांसदहरुले उठेर विरोध गरेपछि सभामुख कृष्णबहादुर महराले राजकिशोर यादवलाई बोल्न समय दिए ।





  • प्रकाशित मिति : फागुन २९, २०७५ बुधबार १२:४७:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया