विप्लव समूहमाथिको प्रतिबन्ध : प्रतिपक्षी दलको समर्थन

विराटनगर– नेपाली कांग्रेसका सभापति एवं प्रतिनिधिसभाका प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाले विप्लव समूहलाई प्रतिबन्ध लगाउने सरकारको निर्णयको समर्थन गरेका छन् । विप्लव समूहलाई कानुनअनुसार कारबाही गर्न देउवाले माग गरेका छन् ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले विप्लव समूहको गतिविधिमाथि प्रतिबन्ध लगाएको थियो । विप्लव समूह हिंसात्मक गतिविधिमा संलग्न भएको भन्दै सरकारले उसमाथि प्रतिबन्ध लगाएको हो । 

विराटनगर विमानस्थलमा बुधबार बिहान सञ्चारकर्मीसँग कुरा गर्दै देउवाले हिंसात्मक गतिविधि गर्नेलाई प्रतिबन्ध लगाउने सरकारको निर्णय उपयुक्त भएको बताए । ‘विप्लवले आतंक फैलाउने काम गरेको छ, हाम्रै साथीहरुमाथि पनि आक्रमण भयो,’ उनले भने, ‘प्रतिबन्ध मात्रै होइन, कारबाही गर्नुपर्छ ।’ 

विप्लव समूहविरुद्ध सरकारले कडा कदम चाली सरकारले जथाभावी आक्रमण गर्ने र अशान्ति मच्चाउने कार्य रोक्नुपर्ने देउवाको माग थियो । 





  • प्रकाशित मिति : फागुन २९, २०७५ बुधबार १४:८:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया