सन्जय लिला भन्सालीको फिल्ममा सलमान–साहरुख सँगै !

एजेन्सी– बलिउडका दुई खान सलमान खान र साहरुख खान एउटै फिल्ममा काम गर्दै छन् भन्ने कुरा मात्र सुन्दा पनि उनीहरुका फ्यान एकाएक खुसी हुनछन् । बलिउडमा सबैभन्दा धेरै मन पराइएका जोडीमध्ये यी दुई एक हुन् । पछिल्लो पटक फिल्म जिरोमा यी दुई सँगै देखिएका थिए । यो फिल्ममा सलमानले क्यामियो गरेका थिए । 

तर, अब यी दुई सन्जय लिला भन्सालीको फिल्ममा सँगै देखिने भएका छन् । त्यसो त यस विषयमा यी दुई अभिनेता तथा भन्सालीले अहिलेसम्म केही भनेका छैनन् तर ‘बैजू बावरा’ फिल्मको रिमेकमा भन्सालीले यी दुईलाई लिने अनौपचारिक रुपमा भन्दै आएका छन् । बलिउड हंगामाको रिपोर्टअनुसार सन्जयले यो फिल्ममा सलमान र साहरुखलाई खेलाउन सकेनन् भने पनि अर्को फिल्म बनाएर यी दुईलाई अभिनय गराउने सोच बनाएका छन् । बैजू बावरा चाहिँ सन् १९५२ मा आएको फिल्म थियो ।





  • प्रकाशित मिति : फागुन २९, २०७५ बुधबार १४:९:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया