अभिनेत्री गौरी मल्लको ‘धिन ताका नाका धिन’ नामक तीज गीत सार्वजनिक भएको छ । काठमाडौंमा एक विशेष कार्यक्रमका बीच गीत सार्वजनिक गरिएको हो ।
अभिनेत्री मल्लकै स्वर शब्द र संगीतमा रहेको सो गीतमा मल्ल, मिथिला शर्मालगायत चर्चित कलाकार फिचर्ड छन् । गीतको म्युजिक भिडियो पनि सार्वजनिक गरिएको छ ।
सो म्युजिक भिडियोको निर्देशन सन्तोष राजवाहकले गरेका हुन् । सो म्युजिक भिडियो गौरी मल्ल च्यानलबाट सार्वजनिक गरिएको हो ।
एल्बम सार्वजनिक कार्यक्रममा वरिष्ठ हास्य कलाकार मदन कृष्ण श्रेष्ठ, बसुन्धरा भुसाललगायतका सिने क्षेत्रका चर्चित कलाकार उपस्थित थिए । उनीहरुले गीतको सफलताको कामना व्यक्त गरेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।