काठमाडौं– राष्ट्रिय सतर्कता केन्द्रले एक हजार दुई सय ४० कर्मचारीलाई कारबाहीका लागि सिफारिस गरेको छ । केन्द्रले २८ जिल्लाका चार सय ५० सरकारी कार्यालयमा छड्के अनुगमन गर्दा एक हजार दुई सय ४० कर्मचारीलाई कारबाहीका लागि सिफारिस गरेको केन्द्रका प्रवक्ता विष्णुराज लामिछानेले जानकारी गराए ।
उनका अनुसार छड्के अनुगमन गर्दा कार्यालय समय पालना नगर्ने आठ सय ९७ र तोकिएको पोसाक नलगाउने तीन सय ४३ कर्मचारीलाई कारबाहीको सिफारिस गरिएको हो । केन्द्रले सम्बन्धित कार्यालयका कार्यालय प्रमुखलाई पत्र लेख्दै ती कर्मचारीलाई कारबाही गर्न सिफारिस गरेको हो । केन्द्रले चार सय ४३ कार्यालयमा रहेका नागरिक बडापत्रको अनुगमन गरेको छ ।
केन्द्रले नियमित रुपमा सरकारी कार्यालयको छड्के अनुगमन गर्ने गरेको छ । केन्द्रले गत आर्थिक वर्षमा ५२ जिल्लामा रहेका कार्यालयमा छड्के अनुगमन गर्दा दुई हजार तीन सय ७७ कर्मचारीलाई कारबाहीका लागि सिफारिस गरेको थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।