\


मुख्यमन्त्री यादवको घोषणा : सिंहदरबारजस्तै हामी ‘जनक दरबार’ बनाउँछौँ
फरकधार / २० भदौ, २०८०
यो सामग्री सेयर गर्नुहोस्

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले प्रदेशको सम्पूर्ण मन्त्रालय एकै ठाउँमा राख्ने गरी मुख्य प्रशासनिक केन्द्रको रूपमा जनक दरबार निर्माण गर्ने बताएका छन् ।

बुधबार जनकपुरधामको बेंङ्गा शिवपुरमा श्रीकृष्णजन्माष्टमी मेला तथा कलश यात्राको उद्‍घाटन गर्दै मुख्यमन्त्री यादवले जनकपुरधामको बाउन्न बिघा जमिनमा प्रदेशको हरेक मन्त्रालय र मुख्य प्रशासनिक इकाई बनाएर जनक दरबारको रूपमा स्थापित गर्ने बताए । 

काठमाडौंको सिंहदरबार जस्तै प्रदेशको मुख्य केन्द्रको रूपमा अब जनक दरबार स्थापित हुने उनको दाबी छ । उनले जनक दरबार बनाउने निर्णय चार महिना पहिले नै गरेर प्रधानमन्त्री कार्यालयलाई बुझाइसकेको र स्वीकृति पाउनेबित्तिकै निर्माण कार्य अगाडि बढाउने जानकारी दिए ।  





  • प्रकाशित मिति : भदौ २०, २०८० बुधबार १३:६:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया