सेयर बजारमा दोहोरो अंकको गिरावट

काठमाडौं– धितोपत्र बजारमा बुधबार सेयरको मूल्यमा १३ अंकले कमी आएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार कारोबारमापक नेप्से परिसूचक १३ दशमलव १६ विन्दुले घटेर एक हजार १५० दशमलव १० मा झरेको छ । 

यस्तै, ठूला कम्पनीको सेयर कारोबार गर्ने सेन्सेटिभ परिसूचक दुई दशमलव ७२ विन्दुले घटेर २४४ दशमलव ७५ विन्दुमा पुगेको छ । स्टकका अनुसार कुल १७४ कम्पनीको १४ लाख ८० हजार ६२ कित्ता सेयर कारोबार भई ४२ करोड ८३ लाख ४१ हजार १५२ मूल्यमा खरिद–बिक्री भए । 

कारोबार भएका १० उपसमूहमध्ये वित्त २ दशमलव ७४ विन्दुले बढेको बजारमा अन्य उपसमूहको सेयर पनि घटेको छ । बैंकिङ १० दशमलव ५८, होटल ४२ दशमलव ४५, विकास बैंक १७ दशमलव ६२, जलविद्युत् २१ दशमलव ०९, निर्जीवन बिमा ८९ दशमलव ०५, उत्पादन ३८ दशमलव ८१, अन्य दुई दशमलव ३९, लघुवित्त २१ दशमलव ६१ र जीवन बिमा ७३ दशमलव ५१ विन्दुले घटेको छ । 

घटेको बजारमा युनाइटेड फाइनान्स लिमिटेड ९ दशमलव ४६, आशा लघुवित्त वित्तीय संस्था ८ दशमलव ७२, गुडविल फाइनान्स लिमिटेडका सेयरधनीले पाँच दशमलव २६ प्रतिशतले कमाएका छन् । त्यस्तै, हाथवे फाइनान्स कम्पनी लिमिटेड सात दशमलव ८७, अरुण कावेली पावर लिमिटेड सात दशमलव ७७, हिमालयन डिस्ट्रिलरी पाँच दशमलव ७९ र नेसनल हाइड्रोपावरका सेयरधनीले पाँच दशमलव ४० प्रतिशतले गुमाएका छन् । 





  • प्रकाशित मिति : फागुन २९, २०७५ बुधबार १८:१९:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया