गायक प्रमोद खरेलले प्रतिलिपी अधिकारसम्बन्धी मुद्दा जितेका छन् । जिल्ला अदालत काठमाडौंका न्यायाधीश उत्तम सिलुवालको इजलासले सो फैसला गरेको हो ।
अदालतले विन्धवासिनी म्युजिक प्रालिका सञ्चालक लीना शर्मा रेग्मी र सुवास रेग्मीलाई प्रतिलिपी अधिकार उल्लंघनको विषयमा दोषी ठहर गरेको छ ।
उनीहरुमाथि तीन वर्षभन्दा बढी कैद हुने भएपछि जिल्ला अदालतले सजाय निर्धारणका लागि फेरि सुनुवाइ गर्न आदेश दिएको छ ।
गायक प्रमोद खरेलले आफूमा निहित प्रतिलिपि अधिकार विन्धवासिनी म्युजिक प्रालिले दुरुपयोग गरेको भनी प्रहरीमा जाहेरी दिएका थिए ।
त्यसका आधारमा सरकारी वकिलले उनीहरुमाथि मुद्दा चलाएका थिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।