सिन्धुलीमा पाँच घर जले, ४४ लाखको क्षति

सिन्धुली– तीनपाटन गाउँपालिका–७ भञ्ज्याङमा आगलागी हुँदा पाँच घर जलेर नष्ट भएका छन् । आगलागीबाट ४३ लाख ५० हजार बराबरको क्षति भएको प्रहरीले जनाएको छ । 

भञ्ज्याङ निवासी ज्ञानबहादुर सार्कीको खरले छाएको घरमा अन्नपातलगायत सम्पूर्ण सामान जलेर नष्ट हुँदा चार लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरीक्षक चक्रबहादुर सिंहले जानकारी दिए । 

उनका अनुसार टीकाबहादुर सार्कीको एकतले कच्ची घर र किराना पसल तथा नगद २ लाखसहित १५ लाख बराबरको क्षति भएको छ । यस्तै, हितबहादुर श्रेष्ठको जस्ताले छाएको दुई वटा घर, गोठ पूर्णरुपमा जलेर नष्ट भएको छ भने दुई तोला सुन, १ लाख ७५ हजार नगद, एक बाख्रा, दुई पाठा र पाँच वटा कुखुरा जलेर मर्दा करिब २२ लाख ५० हजार बराबरको क्षति भएको छ । 

टेकबहादुर सार्कीको खरले छाएको घर अन्नतपात लगायतका सम्पूर्ण सामान जलेर नष्ट हुँदा २ लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । 

आगलागीका कारण भने खुल्न सकेको छैन । सिन्धुलीमा सुख्खा समय सुरुआत भएसँगै आगलागीका घटना दिन प्रतिदिन बढिरहेका छन् । – रासस 





  • प्रकाशित मिति : फागुन २९, २०७५ बुधबार २१:३३:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया