\
कोशी प्रदेशमा नेकपा एमाले संसदीय दलका नेता हिक्मतबहादुर कार्कीलाई मुख्यमन्त्री पदमा नियुक्त गर्ने तयारी गरिएको छ ।
बिहीबार सर्वोच्च अदालतले थापाको नियुक्ति संविधानविपरीत रहेको भन्दै ४८ घण्टाभित्र कोशी प्रदेशका एमाले संसदीय दलका नेता कार्कीलाई मुख्यमन्त्री नियुक्त गर्न परमादेश दिएको थियो । कोशी प्रदेशमा एमाले सबैभन्दा ठूलो दल हो ।
सर्वोच्चले मुख्यमन्त्री नियुक्तिको अर्को विकल्पमा जान सुझाएसँगै मुख्यमन्त्री पदमा कार्कीलाई नियुक्त गर्न लागिएको हो । उनलाई मुख्यमन्त्री नियुक्त गरेर आजै शपथ गराउने तयारी छ ।
शुक्रबार मुख्यमन्त्री नियुक्त गरेर साँझ ६ बजे शपथ कार्यक्रम तय भएको कोशी प्रदेश प्रमुखको कार्यालयका सूचना अधिकारी रामकुमार श्रेष्ठले जानकारी दिए । प्रदेश प्रमुख परशुराम खापुङले कार्कीलाई शपथ गराउने तयारी गरेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।