फ्रान्समा कुखुराले ग्याङ बनाए, फ्याउरो मारिदिए

एजेन्सी– के तपाईंले जर्ज अरवेलको उपन्यास एनिमल फार्म पढ्नु भएको छ ? त्यहाँ जनावरहरुले गरेको विद्रोह लेखिएको छ । पढ्नु भएको भए उपन्यासको जस्तै एउटा घटना पछिल्लो समय बाहिर आएको छ । नपढ्नु भएको भए फ्रान्सबाट आएको यो समाचार पढ्नुहोस्, जसले तपाईंलाई अचम्ममा पार्न सक्छ ।

फ्रान्सको उत्तरपश्चिमी क्षेत्रमा एउटा स्कुल फार्ममा केही कुखुराहरुले ग्याङ बनाएर एउटा फ्याउरोको हत्या गरेको मानिएको छ । केही दिनअघिको मात्र यो घटनामा कुखुराहरुले आक्रमण गरेर, ठुँगेर ६ महिने फ्याउरोको हत्या गरेका हुन् । 

फ्रान्सको ब्रिट्यानी भन्ने ठाउँमा भएको यो घटना ३ हजार कुखुरा राखिएको ठाउँमा भएको हो । फ्याउरो कुखुरा खोरमा छिरेको केही मिनेटमा नै यो घटना भएको त्यो फार्मका प्रमुख पास्कल ड्यानिएलले बताएका छन् । बिबिसीले उनलाई उद्धृत गरेको छ, ‘सायद सबै कुखुरा मिलेर ठुँगेर फ्याउरोको हत्या गरे, फ्याउरो भोलिपल्ट साँझ खोरको एउटा कुनामा भेटिएको थियो ।’ 

समाचार एजेन्सी एएफपीलाई पास्कलले बताएअनुसार फ्याउरोको घाँटीमा कुखुराले ठुँगेको दागहरु अत्यन्त धेरै देखिएका थिए । स्थानीय एउटा पत्रिकामा छापिएअनुसार पास्कलले फ्याउरो खोरमा छिरेलगत्तै अत्यन्त धेरै कुखुराहरुले उसलाई आक्रमण गरेको हुनुपर्ने बताएका छन् ।





  • प्रकाशित मिति : फागुन २९, २०७५ बुधबार २२:२४:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया