\
शनिबारदेखिको वर्षाका कारण साँफे–मार्तडी सडक अवरुद्ध भएको छ । अम्कोटमा पहिरो आएपछि सडक अवरुद्ध बनेको हो ।
सदरमुकाम मार्तडी जोड्ने सडक गए रातिदेखि अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक दानसिंह भण्डारीले जानकारी दिए । अम्कोटमा पहिरो लगातार बग्न थालेकाले पन्छाउन सम्भव नभएको उनले बताए ।
लगातार वर्षा भइरहेकाले पहिरो पन्छाउने काममा अवरोध भएको छ । वर्षा रोकिएपछि पहिरो हटाएर सडक नियमितरूपमा सञ्चालन गर्न पहल गरिने प्रहरी निरीक्षक भण्डारीले बताए ।
पहिरोका कारण लामो तथा छोटो दूरीका सवारीसाधन बाटोमै ठप्प छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।