२२ मंसिर, २०८२ साेमबार
Dec. 8, 2025

हिल्सा हुँदै मानसरोवर कैलाशको दर्शन गर्ने पर्यटकको संख्या बढ्दै
फाइल तस्बिर

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

हिल्सा नाका हुँदै मानसरोवर कैलाशको दर्शन गर्ने धार्मिक पर्यटकको संख्या बढेको छ । गत १८ वैशाखपछि चीन सरकारले हिल्सा नाका दुईतर्फीरूपमा सञ्चालनमा ल्याएपछि सिमकोट हुँदै हिल्साबाट मानसरोवर कैलाशको दर्शन गर्ने पर्यटकको संख्या बढेको हो ।  


प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईले कोरोनापछि नेपालगञ्जदेखि हवाई मार्गबाट आएका ११० जना पर्यटकले हिल्साबाट चीनको ताक्लाकोट हुँदै मानसरोवर कैलाशको दर्शन गरेको जानकारी दिए ।  



यस वर्षको पहिलो समूहले असार दोस्रो हप्तादेखि मानसरोवर कैलाशको दर्शन गरेको थियो । हिल्सा हुँदै मानसरोवर कैलाशको दर्शन गर्ने पर्यटकमा ३९ जना एनआरएन रहेको र ७५ जना तेस्रो देशका रहेको डिएसपी भट्टराईले बताए । दर्शन गर्ने पर्यटकमध्ये ६ जनाले भने लाप्चाबाट मानसरोवर कैलाशको दूरदर्शन गरेको उनले बताए । 

हिल्साका होटल व्यवसायी कार्मा तुण्डुप लामाले भने हिल्सा नाका खोले पनि सन्तोषजनकरूपमा पर्यटकको आगमन नभएको बताए । उनले यसो हुनुमा मुख्य गरी चीनले भारतीय धार्मिक पर्यटकलाई नछोडेका कारण पर्यटकको संख्यामा कमी देखिएको बताए । 



यद्यपि सिमकोट र हिल्साका होटल व्यवसायीलाई थोरै भए पनि राहत भने मिलेको छ । कोरोनायता हिल्सा नाका चीनले बन्द गरेको थियो ।    
 



  • प्रकाशित मिति : २५ भदौ, २०८० साेमबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया