ब्राजिलको एक विद्यालयमा गोली चल्दा आठको मृत्यु

एजेन्सी– ब्राजिलको साओ पाउलो नजिकै रहेको एक विद्यालयमा गोली चल्दा आठ जनाकाे मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ । 

साओ पाउलो राज्यको सैनिक प्रहरी विभागले दिएको जानकारीमा भनिएको छ, सुजानोस्थित एक विद्यालयमा अपरिचित बन्दूकधारी प्रवेश गरी अन्धाधुन्ध गोली चलाउँदा केही व्यक्तिको मृत्यु भएको छ । 

ब्राजिलका धेरैजसो सञ्चारमाध्यमले पाँच जनाको मृत्यु भएको बताएका छन् तर यहाँको प्रसिद्ध एक टेलिभिजन टिभी ग्लोबोले दुई किशोरले गोली चलाएको हुनसक्ने र जम्मा आठ जनाको मृत्यु भएको प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै समाचार प्रशारण गरेको छ ।

सञ्चारमाध्यमहरूका अनुसार उक्त घटनामा १७ जना घाइते भएका छन् । 





  • प्रकाशित मिति : फागुन ३०, २०७५ बिहीबार १०:२९:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया