राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का केन्द्रीय सदस्य मोहनजंग थापामाथि अनुसन्धान सुरु गरिएको छ । उनीमाथि आफ्नै पार्टीले छानबिन सुरु गरेको हो ।
सभापति लामिछानेका ‘कोर टिम’का थापाले मन्त्री बनाउँछु भनेर आफूसँग तीन करोड रुपैयाँ मागेको भन्दै रास्वपाले बर्खास्त गरेका पूर्वसांसद ढाकाकुमार श्रेष्ठले बताएका थिए ।
थापा पार्टी सभापति रवि लामिछानेकै घरमा बस्ने गरेको र ‘तीन करोड दिए लामिछानेकी पत्नी निकिता पौडेलसँग मन्त्रीका लागि लबिइङ गरिदिने’ आश्वासन दिएको खुलासा गरेका थिए ।
यसबारे रास्वपाको अनुशासन आयोगले छानबिन सुरु गरेको हो । केन्द्रीय सदस्य थापासँग सोधपुछ र अनुसन्धानको प्रक्रिया अगाडि बढाएको रास्वपा महामन्त्री एवं प्रवक्ता मुकुल ढकालले बताएका छन् ।
गत चैतमा रास्वपाका तत्कालीन सांसद श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग २ करोड मागेको अडियो सार्वजनिक गरेको थियो । त्यसमाथि छानबिन गरेको रास्वपाले श्रेष्ठले पार्टीको साधारण सदस्य समेत नरहने गरी कारबाही गरेको थियो ।
ढाकाकुमारले गरे रविको कोर टिमको खुलासा : मन्त्री बनाउँछु भनेर मसँग तीन करोड मागिएको थियो
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।