काठमाडाैं– साफ महिला च्याम्पियनसिप फुटबलमा आज बंगालदेश र भुटानबीच प्रतिस्पर्धा हुँदैछ ।
विराटनगरको सहिद रंगशालामा दिउँसो तीन बजे बंगलादेश र भुटानबीचको खेल सुरु हुनेछ । भुटानको यो समूह चरणको अन्तिम खेल हो ।
यसअघि भुटान उद्घाटन खेलमा घरेलु टिम नेपालसँग ३–० गोलअन्तरले पराजित भएको थियो ।
आज हुने खेलमा बंगलादेशले भुटानलाई पराजित गरेमा समूह ‘ए’ बाट सेमिफाइनल पुग्ने टिमको टुंगाे लाग्नेछ । यस्तो अवस्थामा नेपाल र बंगलादेशले समान एक–एक खेल खेल्नु अघि नै सेमिफाइनल पुग्न सक्नेछन् ।
तर भुटानसँग बंगालदेश पराजित भएमा सेमिफाइनल अन्तिम खेल पछि टुंगाे लाग्ने छ । समूह ‘ए’ को अन्तिम खेलमा नेपाल र बंगालदेशले १६ मार्चमा प्रतिस्पर्धा गर्नेछन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।