काठमाडौं– विश्वमा पर्यावरणीय स्वच्छताका लागि यतिबेला सामाजिक सञ्जालमा एउटा अभियान सुरु भएको छ । जसलाई ‘ह्यासट्याग ट्रयासट्याग च्यालेन्ज’को नाम दिइएको छ । यो च्यालेन्ज नेपालमा पनि सुरु भएको छ । अहिले स्कुल, कलेजका छात्रछात्राहरु यसमा सहभागी भएका तस्बिरहरु सामाजिक सञ्जालमा पोस्ट गरिरहेका छन् ।
#trashtag seems to be trending. This one's from Nepal 🇳🇵 (source: https://t.co/2gJxtrtYHb ) #reddit #pics pic.twitter.com/e3w0BT3bwR
— RedditPics (@RedditPicBot) March 10, 2019
यसमा मानिसहरु आफ्नो वरिपरि भएको फोहोर उठाएर जम्मा गर्ने गरिरहेका छन् । फोहोर भएको स्थानको फोटो र त्यसलाई सफा गरिसकेपछिको फोटो सामाजिक सञ्जालमा सार्वजनिक भइरहेका छन् ।
अहिलेसम्म विश्वभरका पार्क, सडक, समुद्र आदि ठाउँको सफाई गरेका २६ हजारभन्दा बढी तस्बिर पोस्ट भएका छन् ।
रेडिट वेभसाइटमा कसले सबैभन्दा सफा ठाउँ बनाउन सक्ने भन्दै ट्रयासट्याग च्यालेन्ज गरेपछि यो विश्वभर भाइरल भएको हो । ट्रयासट्याग च्यालेन्ज पहिलो पटक २०१५ मा क्लथिंग कम्पनी युसिओले ह्यासट्याग ट्रयासट्याग प्रोजेक्ट लन्च गरेको थियो ।
युसिओका तत्कालीन पिपुल एम्बेसडर स्टिभन रिनहोल्ड भन्छन् ‘म र मेरा साथी क्यालिफोर्नियाको एक रोड ट्रिपमा जाँदै थियौं, हामीले कारको झ्याल खोलेर एक कागजको टुक्रा बाहिर फाल्यौं । यसले हामीलाई दुख लाग्यो, एउटा सुन्दर ठाउँ हामीले फोहोर बनाइदियौं र यसको बदला १०० वटा कागजका टुक्रा उठाउने निर्णय गर्यौं ।’
वल्र्ड इकोनोमिक फोरमले २०१६ मा सार्वजनिक गरेको रिपोर्टअनुसार महासागरमा १५ करोड टन फोहोर जम्मा भएको छ । २०१८ मा युकेको एक रिपोर्टमा लेखिएको छ ‘२०१५ मा मात्रै समुद्रमा जम्मा भएको फोहोर तीन गुणाले बढेको छ ।’
42 Of The Best Responses To #Trashtag Challenge https://t.co/o4OMWAvzLl pic.twitter.com/tFKxPmdFua
— Webzinor (@webzinor) March 11, 2019
सामाजिक सञ्जालमा प्रायः जसो चल्दै आएका यस्ता च्यालेन्जहरुमध्येको एक उत्कृष्ट च्यालेन्जको रुपमा यसलाई लिइएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।